सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

सुनकाे भाउ आज ताेलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ ।