कानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग, स्थिति तनावपूर्ण

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि पनि प्रहरीले हातपात गरेको छ । प्रधान्यायाधीश प्रवेश गर्ने गेटमा भेला हुन खोजेपछि कानून व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा स्थिति तनावपूर्ण भएको हो । प्रहरी र कानून व्यवसायीहरु दुबै पक्षले एकअर्कालाई संयमित हुन आग्रह गरेका छन् ।

दुवै पक्षबीच धकेलाधकेल भएको छ । धकेला धकेल हुँदा प्रहरीको एकजना डिएसपीको हातमा चोट लागेको छ । कानून व्यवसायीहरुले प्रहरी दमन मुर्दावादको नारा लगाइरहेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध पनि आक्रामक नारा लगाएका छन् ।

प्रहरीको घेरा तोड्दै कानून व्यवसायीहरु मुख्य रजिष्ट्रारको कार्यालय छिर्ने स्थान नजिक पुगेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीको टोली थपिएको छ ।