रुपन्देहीको सीमावर्ती क्षेत्रबाट एक युवक बेपत्ता, अपहरण भएको भन्दै प्रहरीमा उजुरी

अनिलको परिवारकाअनुसार घरमै रहेका उनलाई केही व्यक्तिले अस्ति दशगजा क्षेत्रमा बोलाएका थिए । ती व्यक्तिलाई भेट्न भन्दै अस्ति बेलुका अनिल दशगजा गएका तर त्यसपछि परिवारको सम्पर्कमा नआएका आमा सुधा कहारले बताउनु भएको छ ।

अस्ति बेलुकादेखि हराइरहेका अनिलको बारेमा हिजो बेलुका मात्रै परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । उनीहरुले अनिलको अपहरण भएको भन्दै उजुरी दिएका हुन् । अनिलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोजकुमार केसीले जानकारी दिनुभयो ।