अनुगमनको क्रममा दोस्रो चरणको जनगणना अन्तर्गत मुल गणनाको लागि खटिएका गणकहरुले भरेको फाराम चेकजांज गर्नुको साथै देखिएको कमिकमजोरी बारे जानकारी गराइएको अधिकारी सहनीले वताउनुभयो ।
अनुगमन टोली प्रत्येक वडामा खटिएको गणकहरुको एक ठाउँमा भेला गराएर उनीहरुले भरेको प्रश्नावली फारम चेकजांच गरेको थियो । सो क्रममा देखिएको गलती सच्याउन निर्देश दिइएको अनुगमन टोलीले जनाएको छ ।
सो अनुगमन टोलीमा जिल्ला जनगणना कार्यालय पर्साका सहायक कर्मचारी अमित खड्का, नितेश साह, सोमलाल श्रेष्ठ सहभागिता रहेको थियो ।
“मेरो गणना, मेरो सहभागिता” नाराका साथ जारी राष्ट्रिय जनगणनाको लागि पर्सामा ५५६ जना गणक खटिएका छन् भने उनीहरुको सुपरिवेक्षणको लागि १४२ जना सुपरिवेक्षकहरु खटिएका छन् । कात्तिक २५ गतेदेखी सुरु भएको मुल गणना कार्य मंसिर ९ गते सक्ने छ ।