राणालाई जोगाउन खोजे न्यायाधीश विरुद्ध आन्दोलन गर्ने बारको चेतावनी

बारका महासचिव लिलामणि पौडेलले मंगलबार आयोजित विरोध कार्यक्रममा प्रधानन्यायाधीश जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरूविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामाको विषयलाइ लिएर न्यायाधीशहरूबीच फुट देखिएको छ । बारले त्यसप्रति खबरदारी गरेको हो । यसैबीच प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरूको समूहबाट अलग भएका चारजना न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

इजलासमा फर्किनेहरूमा बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मी रहेका छन् । उहाँहरूको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।