विस्तृत अनुसन्धानका क्रममा अनियमितता देखिए विशेष अदालतमा मुद्दा दायर हुने उनले बताए । यो गम्भीर बिषय पनि भएकाले विस्तृत रुपमै हेरिने भन्दै उनले विस्तृत अनुसन्धानका क्रममा अनियमितता देखिए अदालतमा मुद्दा दायर हुने र नभई तामेलीमा जाने बताए ।
साइकल खरिदमा अनियमितता देखिएको भन्दै अख्तियारको टोलीले १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । अख्तियारले छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले विरोध जनाएका थिए भने उनको पार्टी जसपाले प्रदेशभरि आन्दोलन गरेको थियो ।