२४ घण्टामा ३ सय ६ जनामा काेराेना पुष्टि, ६ सङ्क्रमितकाे ज्यान गयाे

आज थपिएका तीन सय ६ जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार नाै सय ६६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार दुई सय ७४ जना पुगेको छ ।

यही अवधिमा ६ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७७ पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय १५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा दुई सय २२ जनाको आईसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप १५ हजार नौ सय ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।