नेपाल बलियो र कठिन प्रतिद्वन्द्वी हो : भारतीय कप्तान सुनील क्षेत्री

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । त्यसकै तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले छिमेकी देश भारतसँग सन् २०१८ को विश्वकप छनोट खेलमा प्रतिस्पर्धा गरेको थियो । सो खेल गोल रहित बराबरीमा सकिएको थियो ।

सोमबार मैत्रीपूर्ण खेल खेल्न नेपाल आउँदा भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेलको पनि प्रशंसा गरे ।