वीरगंज – पर्साको विन्दवासिनी गाउँपालिकामा आयोजित विशाल दंगल कुस्ती प्रतियोगिता भव्याता साथ सम्पन्न भएको छ । छठको अवसरमा आयोजित कुस्ती प्रतियोगिता सम्पन्न भएको हो ।
संघिय सांसद हरिनारायण रौनियारको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कुस्ती प्रतियोगितामा ख्याती प्राप्तक नामा चलेका खुस्ती खेलाडीहरु थापा समूहका देउवा थापा , बशन्त थापा , त्यसैगरी काला चीका ,सुमित साह लगायत नामी पहलवानहरुको सहभागिता रहेको थियो ।
सांसद रौनियारको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कुस्त्ति प्रतियोगितामा वीरगंज महानगरपालिका प्रमुख विजय कुमार सरावगी , जनता समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव , प्रदेश दुईका प्रदेश सभा सदस्य करिमा वेगम , जसपा मधेश प्रदेश समिति सदस्य गौरीसंकर साह , मेला अध्यक्ष बिरबहादुर साह लगायत जनता समावादी पार्टीका नेता कार्यकर्ता उपस्तिथी थियो । कुस्ती हेर्न धेरैको संख्यामा दर्शकहरुको उपस्थिथि रहेको थियो ।