काठमाण्डाै – मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने अक्षय नवमी परम्पराअनुसार अमला अर्थात धातृको रुखको फेदमा सामूहिक रुपमा खाना खाने गरिन्छ ।
घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।
पर्वमा अमलाका विशेष परिकार अचार, मुरब्बा र चटनीसहित शाकाहारी खानेकुरा मात्र पकाउने र खाने चलन रहेको मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का महेशकुमार झाले बताउनुभयो ।