दोस्रो लहर सुरु भएपछि पहिलो पटक कोरोना सङ्क्रमण दर साढे दुई प्रतिशतमा झर्‍याे

नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झरेको आज पहिलो पटक हो । आज थपिएका तीन सय १७ जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार नौ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप दुई सय ७९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ । यही अवधिमा थप ६ जना काेराेना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६६ पुगेको छ । अहिले नेपालमा सात हजार पाँच सय ३५ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।