काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ।
नेकपा महासचिव रहेका विप्लवले बिहीबार वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेका हुन्।
उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न मागसमेत गरेका छन्। उनले घोषणा गरेको विरोधका कार्यक्रमअनुसार आज देशव्यापी विरोध गर्ने, २६ गते मसाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गरिनेछ।
त्यस्तै कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्दै कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरिएको छ।