विद्रोहीका गतिविधि बढ्न थालेपछि इथियोपियामा संकटकालको घोषणा

अघिल्लो हप्ता राजधानी क्षेत्र कब्जा गर्ने भन्दै टिग्र समूहले विभिन्न शहरबाट ¥यालीसहित मार्चपास गर्दा सरकारी सेनासँग झडप भएको थियो । विद्रोही टिग्रेका लडाकूहरुले हालैका दिनमा छिमेकी अम्हरा क्षेत्रका रणनीतिक शहरहरु डेसी र कोम्बोल्चा नियन्त्रणमा लिएसँगै अन्य क्षेत्रमा पनि बढ्ने संकेत पाएसँगै त्यहाँको सरकारले संकटकालको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।

इथियोपियाका न्यायमन्त्री गेडियन टिमोथियोसले आतंकवाद नियन्त्रणका लागि संकटकालको घोषणा गरेको बताए । उनले सो संकटकालको उल्लंघन गर्नेलाई १० वर्षसम्म जेल सजाय हुने चेतावनी दिएका छन् । सरकारले राजधानीबाट चार सय किलोमिटरको दुरीमा रहेका प्रमुख दुई शहर नियन्त्रणका लागि विद्रोहीको प्रयास असफल पार्न सैन्य संघर्ष जारी रहेको जनाएको छ ।