कसैकसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन– अध्यक्ष नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसैकसैले चाहेजस्तो अर्ली इलेक्सनको सम्भावना नरहेको बताउनुभयो ।मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दल भित्र छलफल भइरहेको जानकारी समेत दिनुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताउनुभयो ।