भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो ।
जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्वका नेताहरूसँग अनौपचारिक भेटघाट गर्नुभएको थियो ।
हिजो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेन्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरूसँग आग्रह गर्नुभएको थियो ।