भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो

भारतमा अहिले एक लाख ५३ हजार सात सय ७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको शून्य दशमलव ४५ प्रतिशत मात्रै हो । अर्थात अहिले सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा कम हो । यसअघि झन्डै १३ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले झन्डै १० हजार पाँच सय नजिक झरेको छ ।

हिजो सोमवार भारतमा १५ हजार २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कोरोना सुरु भएदेखि अहिलेसम्म तीन करोड ३६ हजार ८३ हजार पाँच सय ८१ जना कोरोनामुक्त भएका छन् ।

भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड दुई लाखभन्दा बढी भएको छ । यहाँ गएको जनवरीको १६ तारिखदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । त्यो समयदेखि अहिलेसम्म एक अर्बभन्दा बढी डोज खोप लगाइएको छ ।