उहा रौतहटको दुर्गा भगवती गाउपालिकास्थित बडहर्वा प्रहरी चौकीमा कार्यरत हुनुहुन्थ्यो । ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले यादवलाई कसैले ठक्कर दिएको हो वा आफै दुर्घटनामा परेको भन्ने अनुसन्धान भईरहेको बताउनुभयो ।
राती करिव ८ बजेको समयमा घटना भएको हो । यादव मोटरसाईकल दुर्घटना परेको खबर पाउनसाथ डिएसपी भण्डारी घटनास्थल पुगेका थिए । दुर्घटनामा घाईते जवानको उपचारको लागी गौर अस्पताल लैजाने क्रममा मृत्यु भएको डिएसपी भण्डारीले जनाए । यादवको शव गौर अस्पतालमा राखिएको छ ।