आईतबार सपा पर्साले वीरगञ्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दे उनले सिधै जनताबाट निर्बाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने कुरामा जोड दिएका छन ।जनताले आफनो हक अधिकारको लागि लडन क्षेत्रको बिकाश गर्नको लागि धेरै मिहेनत गरेर साँसदलाई जिताएर पठाउने गरेको बताउदै यादवले जब तपाईहरुको प्रतिनिधी खसी बाख्रा कुखराको मुल्यमा काठमाडौंमा बिक्री भएपछि कस्तो लाग्ने गरेको भनि प्रशन गरे ।
‘अहिले भएको साँसद चुनिएर सरकार बनाउने ब्यावस्थालाई खारेज गरेर सिधै जनताबाट निर्बाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ,उनले भने, जब तपाईहरुको प्रतिनिधी खसी बाख्रा कुखराको मुल्यमा काठमाडौंमा बिक्री भएपछि कस्तो लाग्छ ।’अहिलेको ब्यावस्थामा एक साँसद पनि यताउता हुदा सरकार परिबर्तन हुने गरेको बताउदै उनले राति साँसद गन्ती गरेर सुत्दा पनि बिहान ती साँसद बिक्री भएको वा चोरी भएको भनेर खोज्नुपर्ने अवस्था रहेको जिकिर गरे ।यस्तो अवस्था देशमा जबसम्म रहे देश बिकाश हुन नसक्ने यादवको भनाई थियो ।
साँसद खरिद बिक्रीलाई बदल्नको लागि सिधै जनताबाट निर्बाचित राष्ट्रपतिको निर्बाचन जरुरी रहेको उनले जानकारी गराए ।सँसदीय निर्बाचन पुर्ण समानुपाति भए सँसदबाट सरकार पनि नबन्ने भएपछि सरकार ढल्ने सम्भावना पनि नरहने यादवको कथन थियो ।अहिलेको निर्बाचन प्रणाली निकै महँगो भएको बताउदै पैसा नभए जति पनि राम्रो नेता समाजसेवी भएपनि चुनाव लडन नसक्ने उनले बताए ।
न्याय प्रणली पनि अहिले महँगो भएकोले न्याय प्रणालीमा पनि ब्याप्क सुधारको आवशयकता रहेको यादवले औल्याए ।यादवले आफन पार्टीका नेता कार्यकर्ताहरुलाई अग्रिम चुनाको तयारीको लागि लागन निर्देशन दिए ।चुनावमा टिकट दिने बेलामा स्वच्छ छबि भएका ब्यक्तिलाई टिकट दिने कुरामा अध्यक्ष यादवको जोड थियो ।