लुम्बिनीले तिलावे पुलको काम २०७८ चैत सम्म सम्पन गर्नेनरि २०७६÷८÷२ मा सहमति भएको हुलाकी राजमार्ग आयोजनाले बताएको छ । तिलावे पुलको निर्माणका लागि २०७३ असारमा सम्झौता भएको थियो । आयोजनाले म्याद थपका लागि पटकपटक सिफारिस गरे पनि राजनीतिक दबाबका कारण म्याद नथपिँदा निर्माणको काम अवरुद्ध हुँदै आएको थियो ।
हुलाकीका प्रोजेक्ट मेनेजरले म्याद थपका लागि सिफारिस गरेका थिए । ३६ महिनामा पुलनिर्माण गरिसक्ने सम्झौता भएकोमा सडक विभागले नक्सा स्वीकृति गरि २८ महीना पश्चात निर्माण व्यवसायीलाई उपलब्ध गराएको थियो । राजनीतिक दबाबमा आयोजनाले निर्माण व्यवसायीलाई काम गरे वापतको १ करोड रुपैया भुक्तानीसमेत रोकिएको छ ।
म्याद थप र भुक्तानी रोकेर निर्माण व्यवसायीलाई आर्थिक समस्यामा पार्दा पुलको काम रोकिने र त्यसको राजनीतिक फाइदा उठाउन पाइने मानसिकताबाट जिल्लाको विकासमा अवरोध भइरहेको छ । पुलको स्लाब हाल्न सुरु गरिएको भए पनि लकडाउन तथा बार्षायामका कारण निर्माणमा समस्या आएको भन्दै निर्माण कम्पनीले काम रोक्दा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । पुलको बेसमेन्टको काम हुँदा पहिले सञ्चालनमा रहेको पुलबाट आवतजावत रोकेर डाइभर्सनको व्यवस्था मिलाइएको थियो ।
किन दिइयो लुम्बिनीलाई ?
राजनीतिक स्वार्थका कारण वीरगञ्ज–ठोरी हुलाकी मार्गअन्तर्गत निर्माणाधीन तिलावे पुलकोकाममा विभिन्न अवरोध भएपछि जसरी पनि पुलको निर्माण सक्ने उद्देश्यले यस्तो सहमति बनेको हो । राजनीतिक चक्रब्युहमा परेकोपुलको निर्माण कार्य ७० प्रतिशत काम सम्पन्न भएको छ ।