जसपा नेपालको शुभकामना आदान प्रदान कार्यक्रम विन्दवासिनी गाउँपालिकामा चल्दै

पर्सा -पर्साको विन्दवासिनी गाउँपालिकामा जनता समाजवादी पार्टीले दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

विन्दवासिनी गाउँपालिकाको बहुअर्वा भाठा स्थित बिद्यालयको उत्तर पट्टिको फिल्डमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघीय सांसद हरिनारायण रौनियार तथा विशिष्ट अतिथिको रुपमा प्रदेश सांसद अब्दुल रहिम अन्सारी सहभागी हुनु भएको छ ।

त्यसैगरी कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा नेता कार्यकर्ता सहभागी हुनु भएको कार्यक्रम स्थलबाट सहकर्मी बिशाल यादवले जनकारी भएको छ ।

कार्यक्रममा अहिले वक्ताहरुले आ-आफ्नो शुभकामना मन्तव्य राख्ने कार्य जारि रहेकोको कार्यक्रमक संयोजक एवम जसपा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।