ताइवानको विषयमा बोल्दा सम्हालिन अमेरिकालाई चीनको सुझाव

यदि ताइवानका विभाजनकारीलाई गलत संकेत दिएमा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने उहाँले बताउनुभयो । ताइवानको मुद्दा पुरै रुपमा चीनको आन्तरिक मामिला भएकोले यसमा कुनै पनि विदेशी दखलका लागि अनुमति नभएको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित प्रेस ब्रिफिङमा बताउनुभयो ।

चीन र ताइवानबीच दशकौंदेखि तनाव छ । १९४० को दशकमा भएको गृहयुद्धका बेला चीनबाट ताइवान अलग भएको थियो । ताइवानले आफूलाई स्वतन्त्र देश मान्ने गरे पनि चीनले यसलाई आफ्नो स्वायत्त प्रान्तका रुपमा हेर्छ । ताइवानको आफ्नै संविधान, लोकतान्त्रिक रुपले चुनिएका नेता र झन्डै तीन लाख सक्रिय सैनिक छन् । पछिल्लो समय चीन र ताइवानबीच फेरि तनाव बढेको छ ।