रक्तचापका दीर्घरोगी गुप्ताको बुधबार अचानक रक्तचाप बढेपछि परिवारजनले उनलाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरेका थिए। गुप्ता सिरहाबाट ब्रोडसिट पत्रिका प्रकाशन गर्ने पहिलो व्यक्ति हुन्।
जिल्लामा उनको योगदान अविस्मरणीय रहेको सिरहाका पत्रकारहरुको भनाइ छ। गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।
यसअघि उनी जीवित छँदै शुक्रबार सञ्चारकर्मीदेखि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसम्मले उनको निधन भएको भन्दै श्रद्धाञ्जली दिएका थिए।