मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज शुक्रवार भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको २३ वर्षमुनिको टोलीसँग हार बेहाेरेकाे हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको सुरुवातमा गोल खायो । ५५ औँ मिनेटमा इन्डोनेसियाले गोल गर्याे । त्यस्तै खेलको इन्जुरी समयमा इन्डोनेसियाले थप एक गाेल गरे ।

२३ वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो सोमवार खेल्दैछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार खेल्ने छ भने अन्तिम खेलमा लेबनानसँग आउँदो १४ गते खेल्नेछ ।