बाढी–पहिरोमा परि प्रदेश १ मा १३ जना, प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ४१ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
साथै प्रदेश १ मा १९ जना, कर्णालीमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी ४० जना घाइते भएका प्रहरीको विवरण छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस्तै बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, आठ वटा गोठ, ६ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क छ । बाढी, पहिराेबाट एक सय ३९ पशु चौपाया मरेका छन् ।
गएकाे शनिवार रातिदेखिको वर्षाले एक हजार एक सय ७७ घर परिवार विस्थापित भएका छन् । साथै बाढी–पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित ठाउँमा राख्ने, पहिरोमा पुरिएको सामग्री निकालेर सुरक्षा गर्ने काम भइरहेको र पहिरोले अवरोध भएका सडक खुलाउने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।