देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९२ पुग्यो

सुदूरपश्चिममा मात्र ३० जनाको मृत्यु भएको छ । वेपत्ता ४२ मध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २४ छन् । ३१ असोजबाट भारी वर्षा भई ३ कात्तिकसम्म नथामिंदा पूर्व र पश्चिम भागमा बढी क्षति पुगेको हो ।

सिंगो घरपरिवार नै वेपत्ता भएको घटना पनि छ । डोटी, बझाङ, बैतडी, डडेल्धुरा, हुम्लालगायतका जिल्लामा बढी क्षति पुगेको छ ।

पाँचथर, इलाम र सुनसरीमा पनि जनधनको क्षति भएको छ । सयौं मानिस घरबारविहिन भएका छन् । वेपत्ता हुनेहरुको खोजी कार्य भइरहेको छ । अधिकांश वेपत्ता पहिरोले पुरिएको हुनसक्ने भएकाले खोजी भइरहेको छ ।