जनकपुरधाम – डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर घुमाएका छन्।
वर्षाको पानी ढल निकास भएर बग्न नसकेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले गुण्डाशैलीमा नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन्।
जनकपुरधाममा जनमत पार्टीले देखाएको गुण्डागर्दी शैली चारैतिरबाट विरोध भएको छ। दुई दिनको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएको थियो। ढल निर्माणमा अनियमितता भएकोको कारण नगर जलमग्न भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले गुण्डागर्दी शैली प्रदर्शन गरेको स्थानीयको भनाइ छ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले लाठी भ्रठ्ठाको बलमा कुशवाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै जनकपुरधामको रामानन्द चोकदेखि नगर परिक्रमा गराएका थिए।
उनीहरुले कुशवाहाको लुगा च्यात्नुका साथै मुखमा नालामा रहेको हिलो दलेर अर्धनग्न अवस्थामा कुटपिट गर्दै नगर घुमाएका थिए। उनीहरुले ‘साइकल चोर देश छोड’, ‘भ्रष्ट मेयर चाहिँदैन’ लगायतका नारा लगाएका थिए। साभार देश संचारबाट