राम्रो जागिर लगाईदिने आश्वासन दिएर दुबई पठाएको म्यानपावर कम्पनीले भने अनुसारको जागिर नदिई अलपत्र पारेका युवाहरुलाई नगरपालिकाका मेयर नितेन्द्र साहको पहलमा उद्धार गरीएको छ ।
व्यक्तिगत भ्रमणका क्रममा दुबई पुगेका मेयर साहको सम्पर्कमा आएका युवाहरुले आफ्नो समस्याका बारे साहलाई जानकारी गराएका थिए । अलपत्र परेका आफ्नो नगरपालिकाका युवाहरुको उद्धारलाई प्राथमिकता दिँदै उहाले उद्धार कार्य सुरु गर्नुभयो ।
उद्धारमा दुबइमा रहेका नेपाली अमर हुसैनले पनि उल्लेखनिय सहयोग गरेको साहको भनाइ छ । उनीहरु फर्किँदा लाग्ने टिकट तथा अन्य खर्चको व्यवस्थापन साहले गरेका थिए । उद्धार गरिएका युवाहरु बुधबार अबेर राति काठमाण्डौ ओर्लिदै छन् ।
काठमाण्डौबाट बहुदरमाईसम्मका लागि पनि गाडीको व्यवस्थापन गरिएको मेयर साहले जानकारी गराएका छन् । यसैबिच अलपत्र परेका अन्य युवाहरूको उद्धारको प्रयास पनि जारी रहेको उहाले बताउनुभयो ।