बीरगन्जस्थित माईस्थानबाट निकालिएको र्यालीमा सहभागि भएकाहरुले शेख हसिना मुर्दाबाद, मुस्लिम आतंकवाद मुर्दाबाद, जय श्री राम, अल्पसंख्यकको सुरक्षा गर लगायतका नारा लगाएका थिए । घण्टाघर पुगेर कोणसभामा परिणत भएको र्यालीले बांग्लादेशकी राष्ट्रपति शेख हसिनाको पुतला दहन गरेका थिए ।
कोणसभालाइ सम्बाेधन गर्दै हिन्दु युवा तथा नेपाली कांग्रेस पर्साका नेता राकेश यादवले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दु तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आगजनी जस्ता घटना नरोकिए त्यसको परिमाण राम्राे नहुने संकेत गरेका छन् ।
सम्बाेधन गर्दै युवा नेता निरन्जन साहले भने, ‘बंगलादेशमा हिन्दु माथि भईरहेको हिंसा शेख हसिनाले नरोके नेपालका रहेको अल्पसंख्यक मुस्लिमलाई पनि हामी कदापी छोडने वाला छौनौ । ’ मुस्लीम आतंकबाद रोक्नु पर्छ होईन भने, हामी पनि नेपालमा रहेको मुस्लिमको मस्जिद, मदर्शामा आक्रमण ग¥यो भने के हुन्छ ? शेख हसिनाले कल्पना गर्नुपर्छ उनले भने, हामी कसैको अहित गर्न खोजेका छैनौ, तर, हाम्रो हिन्दु समाज माथि भईरहेको हिंसा नरोकिए यहाँ पनि अहित हुन सक्छ ।
विरोध सभामा युवा नेता प्रकाश शर्माले पनि बंगलादेशका प्रधानमन्त्रीले नै हिन्दुमाथि हिंसा गराईरहेको आरोप लगाए । मुस्लिम आतंकवादीले अल्पसंख्यक हिन्दुमाथि गरीरहेको हिंसा शेख हसिनाले नरोके यसको परिमाण राम्रो नहुने उनले बताए । विरोध प्रर्दशनमा हिन्दु युवा नेता सन्तोष गुप्ता, राहुल शर्मा, संजीव साह, राजा गुप्ता लगायतका हिन्दु युवाहरुको सहभागिता रहेको थियो ।
उनले बंगलादेशमा भईरहेको घटनाको विरोधमा बिहिबार ज्ञापन र काठमाण्डौमा रहेको बंगलादेशी दुतावास घेराउ गर्दैछ ।