आज केहीबेर नेप्से एक सय अङ्कभन्दा धेरैले घटेर २५ सय विन्दुभन्दा तल झरे पनि बन्द हुने बेलामा २५ सय विन्दुभन्दा माथि पुगेर रोकिएको हो ।
आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज दुई सय २१ कम्पनीको शेयर कारोबार भएकोमा दुई सय ११ वटा कम्पनीको शेयर घटेको छ । नेपाल हाइड्रो डेभलपर्स र नेशनल हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे भए पनि माहुली सामुदायिक र मानुषी लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज ९५ लाख ७२ हजार कित्ता शेयर तीन अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।