जीतपुरबाट लागु औषधसहित एक जना पक्राउ

विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले बकुलिया गाउँबाट ना ६५ प १६५० नं.को मोटरसाइकलबाट जितपुर बजारतर्फ जान लागेको अवस्थामा उनले बोकेको १० किलो पिठोको झोलाभित्र लुकाई राखेको लागु औषध नाईट्रोभेट बरामद भएको इलाका प्रहरी कार्यालय सिमरा, बाराले जनाएको छ ।

बरामद लागु औषधमा २४ वटा पत्तामा ३ सय ६० पिस नाईट्रोभेट ट्याब्लेट रहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।

पक्राउ परेका चौधरी लागु औषधको प्रयोगकर्ता भएको र नाईट्रोभेट बिक्री वितरण गर्ने उद्देश्यले जीतपुर बजारतर्फ जान लागेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।

चौधरीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।