विरगँज बाट चोरी गरेको मोटरसाइकलसहित कलैयाका दुई जना पक्राउ

असोज १३ गते राती ८ बजे वीरगंज महानगरपालिकाको वडा नं.१५ चालिस फिट्टे सडक अगाडिबाट चोरी भएको सोही ठाउँ निवासी रामलखन साहको ना. १९ प ६३५५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चोरी भएको सूचनामा प्रहरी परिचालन तथा कारवाहीको सिलसिलामा उक्त मोटरसाइकल खोजतलास तथा अनुसन्धानको क्रममा खटिएको प्रहरी टोलीले आइतबार सांझ मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ नम्बरको नम्बर प्लेट हाली दुबै जनाले चलाइरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

वीरगंज महानगरपालिकाको वडा नं.१६ बसपार्कबाट मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उहाले वताउनुभयने । साथै; मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरूले नक्कली साँचो बनाई सजिलैसंग मोटरसाइकल चोरी गर्ने गरेको पाइएकोले आ आफ्नो मोटरसाइकल डिस्क लक लगाउन र सुरक्षित स्थानमा पार्क गर्न समेत जिल्ला प्रहरी कार्यालय पर्साले आग्रह गरेको छ ।