यसअघि ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ५६ रन बनाए । ओमानका जीसन मक्सुदले चार विकेट लिए ।
विश्व कपको पहिलो चरणमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा खेल्ने टाेलीमध्ये आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह ‘ए’ मा छन् भने बङ्गलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह ‘बी’ मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुई/दुई टोली अन्तिम १२ मा पुग्नेछ ।
अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछ ।