प्रदेश दुई लोकसेवा आयोगले एक युवकलाई कालो सुचिमा राख्यो

झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको आयोगले जनाएको छ। कर्मचारी भर्नाका लागि आयोगले गरेको विज्ञापनमा अनलाइनमार्फत झाले दरखास्त दिएका थिए । उनले अनलाइन फारम भर्ने क्रममा केही प्रमाण पेस गरेका थिएनन्।

प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत जवाफ मागेको थियो। झाले आयोगको इमेलको जवाफमा आयोगलाई गाली गर्दै अपशब्द प्रयोग गरी प्रतिक्रिया दिएको लोकसेवा आयोगले जनाएको छ ।

यसरी आयोगलाई गालीगलौज गरेको हुँदा उनलाई असोज ६ मा पत्रिकामा सूचना प्रकाशित गरी कालो सूचीमा राखेर कारबाही गरिएको आयोगले जनाएको छ ।