विप्लव र प्रकाण्डले बोके वीरजङ्गको शव

वीरजङ्गको मृत्यु उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा भएको थियो । २८ असोजमा निधन भएका उनको शव स्वदेश ल्याई हिजो अन्त्येष्टि गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टीको नेता समेत रहेका वीरजङ्गको शवलाई उनकै भाई विप्लव र नेकपा प्रवक्ता प्रकाण्डले बोकेका थिए ।

अन्त्येष्टिमा नेकपाका नेता तथा कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थिए । २०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका वीरजङ्ग विगतमा माओवादीमा आवद्ध थिए । उनी मोहन वैद्य किरण पक्ष हुँदै विप्लव पक्षमा आवद्ध भएका थिए ।