नगराइन नगरपालिका–५ स्थित गंगुलीमा आइतबार बिहान पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको हो ।
धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अहिले घटनास्थलमा कुकुरसहितको टोली पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।