मुर्ति विसर्जन गर्न गएका युवकको डुबेर मृत्यु

पोखरी मै डुबेको हुन सक्ने आशंका बीच आइतबार बिहान करिब ११ बजे उनको शव जलेश्वर स्थित भार्गवसर पोखरीमा फेला परेको हो।

युवकले मादक पदार्थ सेवन गरेको र मूर्ति विसर्जनको समयमा मूर्ति सेलाउन पानीमा पस्दा लडेको र लडेपछि उनी मूर्तिले च्यापिएर डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। पोस्टमार्टमपछि मात्र थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।