हत्या आशंका गरिएका सञ्चालक शाहीको होटलमै लडेर ज्यान गएको पुष्टि

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार सीसीटीभी प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथि जान खोज्दा लडेर टाउको लागेको देखाएपछि दुर्घटनाबाट ज्यान गएको बताउनुभयो । दैलेख ठाटीकाध गाउँपालिका ३ भेरीपातलका वर्ष ४५ का शाही होटल सञ्चालक र पारिश्रमिक समेत लिने गर्नुहुन्थ्यो ।

दशैँको नजिकै होटल अगाडि मृत अवस्थामा देखिएपछि हत्या आशंका गरिएको थियो ।​ सीसीटीभीको फुटेजहरु देखाएपछि आफन्तले पनि दुर्घटना रहेछ भन्ने स्विकारेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टम गरि शव टीकाको दिनमा स्वीकारेको जानकारी दिनुभयो ।

यो घटनापछि प्रहरी नायव उपरीक्षक थापाले जुम्ला सदरमुकाम सहित गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सिसिटिभी राख्न सरोकारवाला निकायहरुलाई अनुरोध गर्नुभयो । यसले घटना कम हुने र घटना भइहाले पनि अनुसन्धानमा सजिलो हुने उहाँले बताउनुभयो ।