टिकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टिका र आर्शिवाद थाप्ने क्रम जारी

आज बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टिका थाप्न जानेको घुइँचो रहेको छ । हिजो बिहान साइतमा टिका लगाएपनि टाढा रहेका आफन्तकहाँ टिका लगाउने जाने क्रम पूर्णिमासम्म रहन्छ । टिकाअघि काठमाडौं उपत्यका सुनसान रहेपनि आज भने बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ ।