सर्वाेच्चकाे आदेशपछि रुवी खान रिहा

राष्ट्रिय मानव अधिकार आयाेगकी पूर्व सदस्य एवम् महिला अधिकारकर्मी माेहना अन्सारीले ट्विटरमार्फत यसकाे जानकारी दिनुभएकाे छ ।

अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएकाे थियो ।

रु​​वीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गर्नुभएको थियो । उहाँलाई प्रहरीले बहुविवाहको मुद्दा लगाएको थियाे ।