वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको वीरगंजमा स्वागत

वन तथा वातावरण मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनी गृह जिल्ला बाराआउनु भएको छ । मन्त्री यादव बुधबार बिहान ११:३० बजे बिरगंज स्थित लक्षुमनवा चौकमा पर्सा र बारा जिल्लाका जसपाका नेता तथा कार्यकर्ताहरुले स्वागत तथा बधाइ दिएका थिए ।

जसपा पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव प्रदेश सभा सदस्य सिंधासन साह जसपा प्रदेश लमिटी सदस्य गौरीशंकर साह,सलाउदिन अहम्द,फिरोज मसूर लगायतले स्वागत गरेका थिए