बारामा नेपालि काङ्ग्रेस वडा स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बारा निर्वाचन क्षेत्र नम्बर २ का नेपालि काङ्ग्रेस अगुवा क्रियाशील सदस्यहरुको वडा स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियार जानकारी दिनुभयो । कार्यक्रम कलैया सदरमुकाम स्थित एक होटलमा सम्पन्न भएको हो ।
कलैया उपमहानगरपालिकाका मेयर उपेन्द्र यादेको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा मकवानपुरका निर्वाचन अधिकृत कृष्ण दहालले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा राम अयोध्या यादव , पुर्ब जिबिस सभापति राजेन्द्र यादव , जिल्ला सचिव मनोज भट्ट , जिल्ला सदस्य प्रमोद यादव , लगायतको उपस्थिति रहेको थियो, कार्यक्रममा अधिकान्स वक्ताहरुले पार्टीको हैकमवादलाई परास्त गर्न जुन सुकै बलिदानी दिने त्याररहेको बताएका थिए ।