नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

यस्तै आजै नियुक्त भएका दुई राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा सरकार गठन भएकाे ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएकाे असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको हाे ।