शेयर बजार ४१ अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब पनि पुगेन

यस्तै होटलको ३६, जीवन बीमा समूहको तीन सय सात, निर्जीवन बीमा समूहको दुई सय ६५, उत्पादन समूहको एक सय सात र अन्य समूहको शेयर ११ अङ्कले बढेको छ । शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ ।

हिजो तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज जम्मा दुई अर्ब ९९ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज दुई सय २३ कम्पनीका ४१ हजार कारोबारबाट ५८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिखर इन्स्याेरेन्सको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज मल्टिपर्पोज फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनआईसी एसिया लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।