३३ किलो सुन प्रकरण र सनम हत्या प्रकरणमा गोरेलाई जन्मकैद

मोरङ- ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा मोरङ जिल्ला अदालतले मंगलबार गोरे भनिने चुडामणि उप्रेतीलाई जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको फैसला सुनाएको हो।

यस मुद्दामा लामो समयदेखि मोरङ अदालतमा सुनुवाइ भइरहेको थियो।