चीनका ३८ सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको दाबी

दुई चरणमा परमाणु क्षमतायुक्त बम र जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । चिनियाँ जहाजहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि ताइवानले आफ्ना विमान उडाउनुका साथै मिसाइल प्रणाली पनि तैनाथ गरेको बीबीसीले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ । तर ताइवान भने आफू स्वतन्त्र सार्वभौम देश रहेको बताउँदै आएको छ ।ताइवानले विगत एक वर्षयता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ।

चीन सरकारले भने यसबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन।