हुण्डी कारोबारको आरोपमा प्रहरीले भारत जिल्ला पुर्वी चम्पारण थाना कंगेली–१ बसतपुर बस्ने बिक्रम पटेल, भारत जिल्ला मोतिहारी थाना पलनवा भेलाही बस्ने मुकेश पटेल र जिल्ला पर्साको धोविनी गाउँपालिका–३ हरिहरपुर बस्ने बलिराम पटेललाई पक्राउ गरेको हो ।
हुण्डी कारोबार भईरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई वीरगञ्ज् महानगरपालिका–२५ र्सिसिया स्थित छोटी भन्सार अगाडिबाट पक्राउ गरेको हो ।
ना.६० प. ५९९८,ना.४१ प.१०४८ र ना.६४ प. ८३५९ नम्बरको मोटरसाईकलमा आएका तीनैजनाको साथबाट स्रोत नखुलेको १५ लाख ५० हजार रकम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।