सुचना परिचालन तथा कारवाहीको सिलसिलामा खटेको पर्सा प्रहरीको टोलीले वीरगंज बाट मकवानपूर जादै गरेको बागमती प्रदेश ०३-००१ ख ०३३० नम्बरको मालबाहक ट्रकलाई वीरगंज १४ गण्डक चोक बाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताएवम प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालका अनुसार नियन्त्रणमा लिई चेकजाच गर्दा उक्त ट्रकबाट मेडिकल सामग्री र अन्य किराना सामान बरामद भएको छ । चेकजाचको क्रममा प्रहरीलाई देख्नासाथ चालकले वेवारिसे ट्रक छोडी भाग्न सफल भएका छन ।
सामान सहित नियन्त्रणमा लिएको ट्रकलाई ३० लाख मुल्यांकन गरीथप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।