प्रहरीका अनुसार तस्करका समुहले बीआर २२ एम २२५१ , बीआर २२ एम ८६९५ र एउटा नम्बर नखुलेको मोटरसाईकलमा राखेर ५१ कार्टुन भारत बाट नेपाल ल्याउदै गरेको चल्ला नियन्त्रणमा लिएको हो ।
प्रहरी गस्ती टोलीलाई देखेर तस्कर समुहले मोटरसाईकल र चल्ला छाडी भाग्न सफल भएका छन । ५१ वटा कार्टुनमा बरामद भएको कुखुराको चल्ला ४ हजारको संख्यामा रहेको प्रहरीले जनाएको छ । बरामद भएको चल्ला दुई लाखा ५० हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।