ईपीएल क्रिकेट : पाेखराले ललितपुरलाई हरायाे

मैदान ओसिलाे भएका कारण याे खेल सात ओभरमा झारिएकाे थियाे । पाेखराकाे जितमा रिचार्ड लेभीले २२ बलमा अविजित ३८ रन बनाए । बलिङतर्फ ललितपुरका अजमतुल्लाह ओमरजाईले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे ललितपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायाे । ललितपुरका लागि सान्दुन विराक्काेदीले १९ रन बनाए । बलिङतर्फ पाेखराका नन्दन यादवले तीन, विक्रम साेबले दुई र केसरिक विलियम्सले एक विकेट लिए ।

प्रतियाेगिता अन्तर्गत आजैकाे अर्काे खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स खेल्दैछन् ।