पर्सा-भ्रष्टचार भएको भन्दै उजुरी परेपछि पर्साको कालिकामाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले छापा मारेको छ । गत असोज ९ गते गाउँपालिका कार्यालयमा पुगेको अख्तियारको टोलीले तिन दिन बसी बिभिन्न कागजात चेक गर्नुको साथै बिकास निर्माण लगायत पालिकाले थालनी गरेको कामको स्थलगत निरिक्षण गरेको छ ।
आशंका लागेका कामको कागजात नियन्त्रणमा लिएको अख्तिया दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले बताए । उनले कार्यालयका कर्मचारीहरु संग पनि सोध पूच गरेको बताए ।
कालिकामाई गाउँपालिले संचालन गरेको विकास योजना,कर्मचारी भर्ना, सम्मान कार्याक्रम, धारा जडान कार्यक्रम, आइसुलेशन, नदी सफाई तथा सडक ढलान आदीको बिषयमा धेरै उजुरी परेको हुदा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाए पछी विज्ञ सहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालयमै पुगेको उनले बताए । केहि कागजात नियन्त्रणमा लिएको र अनुसन्धान गर्ने बताउदै दोषी पाईएमा कारवाही गर्ने उनले बताए ।